१६ साउन, काठमाडौं — साना किसानको आयआर्जन वृद्धि, खाद्य सुरक्षामा योगदान र कोदोजन्य उत्पादनको प्रवर्द्धन गर्न आज (शुक्रबार) पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइँदैछ। कृषि विभागको संयोजनमा ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।
चाँगुनारायण नगरपालिका स्थित ताथलीमा कोदो रोपाइँ र विभिन्न क्षेत्रमा योगदान पुर्याउने कृषक तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।गत वर्ष नेपालले करिब १८ हजार मेट्रिक टन कोदोजन्य बाली आयात गरेको थियो। सरकारले कोदो उत्पादनमा वृद्धि गरी आयात घटाउने र जलवायु परिवर्तन न्यूनीकरणमा समेत टेवा पुर्याउने लक्ष्य लिएको छ।