दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले जिल्लाबासीको लागि काठमाडौं बृहत भेला हुने भएको छ । आगामी असार ८ गते शनिबार दोलखाबासी उपत्यका भित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नेलाई काठमाडौंको पेप्सिकोला स्थित स्टार बेङ्क़ुइटमा बृहत भेलाको आयोजना गरेको रास्वपा दोलखाले जनाएको छ।
दोलखा जिल्ला बासिहरुलाई एकीकृत गरि सुशासन र भ्रष्टाचार बिरोधि अभियान कार्यक्रम सहित रास्वपा दोलखा-काठमाडौं उपत्यका सम्पर्क बिभाग समेत गठन गर्नको लागि भेला आयोजना गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति दिनेश बस्नेतले जानाकारी दिए।
सो भेलामा उपत्यका भित्रका दोलखा बासिन्दा तथा सुभ चिन्तक उपस्थित हुन सक्नेछन् ।त्यस्तै भेला दिउसो साडे ११ बजे कार्यक्रमको तयारी गरिएको रास्वपा दोलखा प्रवक्ता जयराम खड्काले बताए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!