रौतहट ,भदौं ८ – रौतहटको गौर नगरपालिका–९ मा एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। शनिबार राति सडक किनारमा भेटिएको बेवारिसे सुटकेस खोल्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो।
प्रहरीका अनुसार शव डोरीले बाँधिएको अवस्थामा कोचेर राखिएको थियो। मृतकको पहिचान खुल्न सकेको छैन। घटना सम्बन्धी अनुसन्धान जारी रहेको र नजिकैको विद्यालयको सीसीटीभी फुटेज जाँच भइरहेको प्रहरीले जनाएको छ।