हेटौँडा, २७ साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मतसम्बन्धी प्रदेशसभा बैठक बस्नुअघि काठमाडौँमा रहेका कांग्रेसका बहादुरसिंह लामानिकट १३ जना सांसद हेटौँडा आइपुगेका छन्।
विश्वासको मतमा भाग नलिने संकेत दिँदै राजधानीमै रोकिएका ती सांसदहरू मंगलबार दिउँसो हेटौँडा पुगेका हुन्। उनीहरू प्रदेशसभा भवनमा प्रवेश गरेसँगै बैठक सुरु गर्ने तयारी रहेको छ।
प्रदेशसभा बैठक आज दिउँसो ४ बजेका लागि तोकिएको थियो। तर, लामासमूह ढिला पुगेकाले बैठक समयमै सुरु हुन सकेन।
मुख्यमन्त्री बानियाँले गठबन्धनको समर्थनमा विश्वासको मत लिने तयारी गरेका छन्। लामासमूहको उपस्थिति बैठकको निर्णायक मोड सावित हुनसक्ने राजनीतिक विश्लेषण भइरहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!