आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारलोसपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने 

लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने 

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ।आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठकपछि बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले लोसपाले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय भएको जानकारी दिए। संविधान संशोधनसहितको एजेण्डा कांग्रेस–एमालेले गर्ने सहमति बाहिरिएको भन्दै नयाँ समीकरणलाई स्वीकार गरेर जाने उनको धारणा रहेको छ।

बैठकपछि उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन। तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ।’ त्यसैगरी आजको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment