आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

वडाध्यक्षलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिने मेयर हर्कको निर्णयलाई अदालतको अस्वीकार

Home समाचारवडाध्यक्षलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिने मेयर हर्कको निर्णयलाई अदालतको अस्वीकार

वडाध्यक्षलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिने मेयर हर्कको निर्णयलाई अदालतको अस्वीकार

by herdaherdaimedia
0 comments 1 views

काठमाडौं ।

उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिने मेयर हर्क साम्पाङको निर्णयलाई अदालतले अस्वीकार गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्र फागोलाई दिएको कार्यबाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएको छ ।

धरानका उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको छ । मेयर साम्पाङ धरानमा पारुहाङ सुम्निमा (शिव पार्वती)को प्रतिमा निर्माणका लागि सहयोग जुटाउन भन्दै परिवारसहित बेलायत गएका छन् । 

उनले उपमेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडाध्यक्ष फागोलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उच्चको आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४)को देहाय (क)को देहाय (१२)ले गरेको व्यवस्था र धरान उपनगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेशसम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६ र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment