आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारवनमा लागेको डढेलो निभाउने क्रममा आगोले दुवैहात जलेर दोलखामा एकजना घाईते 

वनमा लागेको डढेलो निभाउने क्रममा आगोले दुवैहात जलेर दोलखामा एकजना घाईते 

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

 वनमा लागेको डढेलो निभाउने क्रममा एक जना घाईते भएका छन्। घाईते हुनेमा जिरी नगरपालिका – ८ का ६४ वर्षीय तेजबहादुर खत्री रहेका छन्।

आज दिउँसो सोहि वडाको धनमालेस्थित पुरानो कब्लेटी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा खत्रीको दुवै हात आगोले जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) सत्रुधन महतोले जानकारी दिए । हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

अहिले आर्मी , प्रहरी र बरुण यन्त्रको सहयोगमा उक्त आगलागी निभाउने कार्य भैरहेको प्रहरीले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment