दोलखा।
“विकास पत्रकारीता पुरस्कार २०८१” बाट पत्रकार राजन बस्नेत सम्मानित भएका छन्।
आइतबार भिमेश्वर नगरपालिका – ७ ले प्रदान गरेको उक्त पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन्।बस्नेतलाई बाग्मती प्रदेश सभा सदस्य भरत केसीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए। प्रेस युनियन बागमती प्रदेशका सचिव तथा साझा दृष्टि अनलाइनका अध्यक्ष समेत रहेका पत्रकार बस्नेत दोलखाको पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
उनी गिरीजाप्रसाद कोइराला राष्ट्रीय शिक्षा पत्रकारीता पुरस्कार , उत्कृष्ट सहकारी पुरस्कार ,राष्ट्रीय युवा प्रतिभा पुरस्कार लगायत ३ दर्जन भन्दा बढि पुरस्कारबाट सम्मानित भैसकेका छ्न ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!