आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home Bannerविगुमा खाना र खाजामा ४७ लाख खर्च भएको भनिएको खबर झूठो हो : प्रवक्ता नेपाली

विगुमा खाना र खाजामा ४७ लाख खर्च भएको भनिएको खबर झूठो हो : प्रवक्ता नेपाली

by herdaherdaimedia
0 comments 5 views

दोलखा । विगु गाउँपालिकाका प्रवक्ता लोकप्रसाद नेपालीले गाउँपालिकामा खाना र खाजामा निकै ठूलो खर्च भएको भन्दै गरिएको प्रचार झुठो भएको बताएका छन् । उनले, गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा खाजा खर्चमा मात्रै ४७ लाख भन्दा बढी रकम खर्च गरेको भन्ने समाचार गलत रहेको दाबी गरेका छन् ।

गाउँपालिकाको विकासमा सक्रिय रहेका जनप्रतिनिधि र कर्मचारीमाथी व्यक्तिगत रुपमै लान्छना र गाली गर्ने प्रवृत्ति निकै दुखद भएको उनले बताएका छन् । यस्ता गैरजिम्मेवार समाचार सम्प्रेषण गर्ने पत्रकार र समाचार गृहहरुलाई जिम्मेवार बनी स्वतन्त्र पत्रकारिताको सबैले सम्मान गर्ने वातावरण बनाउन समेत उनको आग्रह छ ।

प्रवक्ता नेपालीले मिडियामा आएका समाचार भ्रामक भएको भन्दै खानाखाजाको खर्च विवरण हेर्न मन लागे गाउँपालिकामै आएर हेर्न समेत अनुरोध समेत गरेका छन् ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment