आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारविगु २ ओराङको राईबेटारमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु , ५ जना घाइते

विगु २ ओराङको राईबेटारमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु , ५ जना घाइते

by herdaherdaimedia
0 comments 6 views

दोलखाको विगु गाउँपालिका-२ ओराङमा बोलेरो जीप दुर्घटना हुँदा दुइ जनाकाे मृत्यु भएकाे छ,भने ५ जना घाइते भएका छन् ।

जगतबाट देउलाङतर्फ जाँदै गरेकाे बा १४ च ८९३४ बोलेरो राईबेटारमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी मृत्यु हुनेमा बालमाई तामाङ र चिनीमाया तामाङ रहेको विगु गाउँपालिका-२ का अध्यक्ष दिपक ठकुरीले जानकारी दिए ।

बाटाे चिफ्लाे भएकाले उकालाेमा बाेलेराे चिप्लिएर दुर्घटना भएकाे अनुमान गरिएकाे छ । बोलेरो सडकबाट ५० मिटर तल खसेकाे छ ।
घाइते पाँच जनाकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे वडाध्यक्ष ठकुरीले बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment