विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं। सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ ।

बुधबार काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता