विश्व वातावरण दिवसको अवसरमा सेतीदेवी मावि काउलेको वृक्षारोपण

दोलखा। आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरू गरि विश्व वातावरण दिवस मनाइएको छ। नेपालमा पनि “केवल एउटा पृथ्वी” भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस भव्य रुपमा मनाइएको छ ।

यसै बिच दोलखामा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरि विश्व वातावरण दिवस मनाइएको छ। जिल्ला भित्रका स्थानिय तह तथा संघसंस्था ले विविध कार्यक्रमहरु गरि मनाई रहेको बेला भिमेश्वर नगरपालिका – ७ सेतीदेवी माध्यमिक विद्यालय काउलेले वृक्षारोपण कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ।

विद्यालयले स्थापना गरेको बालक्लबको सक्रियता तथा डिभिजन वन कार्यालय दोलखाको सहयोगमा विद्यालय परिसरमा सरसफाई तथा वृक्षारोपण गरेको प्रधानध्यापक धुर्व खड्काले जानाकारी दिए। उनका अनुसार बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्न विद्यार्थीलाई सचेत गराई वृक्षरोपण गरेको हो।

वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका दर्जनौं बोटबिरुवाहरु रोपिएका छन्। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालय व्यवस्थापन समितिका पदाधिकारी, बुद्धिजिवी, शिक्षक, अभिभावक लगाएतको उपस्थिती रहेको थियो।

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता