आजको मिति:

२०८२ भाद्र १६ सोमबार
Monday, September 1, 2025
२०८२ भाद्र १६ सोमबार
Home समाचारशत्रुधन महतोको कमाण्डमा काठमाडौंबाट अभौतिक मुद्रा कारोबार र हुण्डीमा संलग्न २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ 

शत्रुधन महतोको कमाण्डमा काठमाडौंबाट अभौतिक मुद्रा कारोबार र हुण्डीमा संलग्न २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ 

by herdaherdaimedia
0 comments 65 views

राजकुमार भुजेल,काठमाडौं। काठमाडौंमा ६ करोड रकम भन्दा बढी अभौतिक मुद्रा कारोबार र हुण्डीमा संलग्न आरोपमा २ भारतीय नागरिक सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका – ३ स्थायी भई हाल काठमाडौं बस्दै आएका २७ वर्षिय ओम प्रकाश जयसवाल, सोहि नगरपालिका – ५ स्थायी घर भई हाल बानेश्वर मिलन चोक बस्ने वर्ष २५ वर्षीय मनमोहन कुमार सिंह, छिमेकी मुलुक भारतको बिहार प्रदेश सितामडी बैरगनिया स्थायी भई हाल काठमाडौं कालो पुल बस्ने ३३ वर्षिय विक्रम जयसवाल र मोतिहारी चिरहिया भारत स्थायी भई हाल काठमाडौं कालो पुल बस्ने ३३ वर्षिय मुन्ना जयसवाल रहेका छन्।

बिहिबार विशेष सुचनाको आधारमा उनिहरुले कोठा भाडामा लिई सो कोठाबाट हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला सिभिल पोषाकमा खटिएका प्रहरी शत्रुधन महतोको नेतृत्वको टोलीले पक्राउ गरेको हो। अहिले उनीहरु विरुद्ध प्रहरीले हुन्डी र क्रिप्टो सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।  त्यस्तै महतो दोलखामा प्रहरी निरीक्षक इन्सपेक्टर पदमा बसेर  जिल्लामा थप्रै लागुऔषध नियन्त्रण तथा गुण्डागर्दी अप्रेसन गरेर काठमाडौं सरुवा भएका हुन्।

उनलाई दोलखामा बसेर काम गरिरहँदा ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयकाे आयोजित कार्यक्रममा “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कारबाट समेत सम्मानित गरेको उदाहरणहरु  छन्।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment