शनिबार तामाकोशी नदीमा पानी बढ्न सक्छ, सतर्क रहन आग्रह

दोलखा :  माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले यही श्रावण ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय सफा गर्ने जनाएको छ।

जलाशय सफा गर्दा तामाकोशी नदीमा पानीको बहाव अचानक बढ्न वा घट्न सक्ने भएकाले नदी किनारमा नजान सबैलाई आग्रह गरिएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले सिङ्गटी, नयाँ पुल, लामाबगर, छेचर, खिन्ताङ लगायतका तटीय क्षेत्रका बासिन्दाले नदीमा ननुहाउन, लुगा नधुन, खेल्न नजान, गाडी नतार्न र नदीमा कुनै पनि काम नगर्न अनुरोध गरिएको  छ।

Related posts

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट