आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारशैलुङमा आज वृहत “तम्बा महोत्सव-२०८१” हुँदै

शैलुङमा आज वृहत “तम्बा महोत्सव-२०८१” हुँदै

by herdaherdaimedia
0 comments 7 views

दोलखा। दोलखाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ थुम्कामा नव वर्ष २०८१ को  अवसरमा आज वृहत “तम्बा महोत्सव-२०८१ हुँदैछ्। तम्बा संघ नेपाल शैलुङ गाउँपालिका दोलखा तथा शैलुङ गाउँपालिका काटाकुटीको आर्थिक सहयोगमा महोत्सव हुन लागेको हो ।

शैलुङको प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक पर्यटन प्रवद्र्धनको लागि डम्फु महोत्सव आयोजना गरेको तम्बा संघ नेपाल शैलुङ गाउँपालिका, दोलखाले जनाएको छ।२ सय भन्दा बढी तम्बाहरूले तामाङहरूको मौलिक बाजा डाम्फु र टुङना एकै साथ बजाएर वृहत “तम्बा महोत्सव-२०८१” सफल पर्ने आयोजकको भनाई छ।

सो अवसरमा यो वर्षको नयाँ वर्षको दिनमा शैलुङ डाँडा पुग्ने पर्यटक अत्यधिक मात्रामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ।त्यस्तै शैलुङ डाँडा तामाङ संस्कृतिको पहिचान बोकेको तम्बाको उदगम स्थल तथा डाम्फु निर्माता पेमदोर्जेको जन्मथलो भएको पनि मानिन्छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment