आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारशैलुङमा सामाजिक विकास मन्त्री मोक्तान आउने 

शैलुङमा सामाजिक विकास मन्त्री मोक्तान आउने 

by herdaherdaimedia
0 comments 6 views

ईश्वर विश्वकर्मा, दोलखा। बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान सोमबार शैलुङ आउने भएकी छिन्। शैलुङ गाउँपालिका-८ भैसेमा रहेको शारदा माविको ६३ औँ बार्षिकोत्सवको उद्घाटन गर्न मन्त्री आउने भएकी हुन् ।

आइतबार दोलखा आएकी मन्त्री मोक्तान बिहान जिल्लाको प्रसिद्ध कालिञ्चोक मन्दिरको दर्शन गरी बार्षिकोत्सव समारोहमा सहभागि हुने कार्यक्रम तय भएको हो । विद्यार्थी र अभिभावकको आर्कषण बढ्दै जाँदा बार्षिकोत्सव पनि तीन दिन सम्म विभिन्न कार्यक्रमहरु गरी भव्यताका मनाउन लागिएको विद्यालयले जनाएको छ।‌विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले बार्षिकोत्सव ऐतिहासिक बनाउनका लागि तयारी गरिएको जानकारी दिए ।बार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै खेलकुद प्रतियोगिताहरु‌ आयोजना हुने उनले बताए।

उनले विद्यालयको गुणस्तर कायम राख्न विद्यालय प्रशासनसँगै विद्यार्थी र अभिभावकको अथक प्रयास रहेको उल्लेख गरे । विद्यालयमा प्राविधिक शिक्षा, शैक्षिक सामग्रीको पर्याप्त सुविधा, पर्याप्त विद्यार्थी संख्या, छात्रछात्रा तथा अपाङ्गता मैत्री शौचालय, खानेपानी धारा, चमेना गृह, पुस्तकालय, विज्ञान तथा अन्य प्रयोग प्रयोगशाला लगायतका शैक्षिक पूर्वाधार रहेका छन् । यस्तै दक्ष तथा अनुभवी शिक्षकद्धारा अध्यापन हुने हुँदा विद्यालय शैक्षिक दृष्टिकोणले अब्बल रहेको विद्यालयको दाबी छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment