दोलखा , भदौ १ — नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड र दोलखाको शैलुङ गाउँपालिका अन्तर्गत शैलुङ अस्पतालबीच स्वास्थ्य बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
आइतबार सम्पन्न उक्त सम्झौता अनुसार शैलुङ अस्पतालमार्फत छिट्टै स्वास्थ्य बीमा सेवा सञ्चालनमा ल्याइनेछ। यससँगै स्थानीय बासिन्दाहरूले अस्पतालमै बीमा अन्तर्गतका सेवा तथा सुविधा प्राप्त गर्न सक्ने भएका छन्।
स्वास्थ्य बीमा बोर्डका अनुसार, सेवा सुरु भएपछि नियमित उपचारमा आर्थिक भार कम हुने र नागरिकले समुचित स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!