दोलखा । शैलुङ गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिवार शैलुङ गाउँपालिकाको वडा नम्बर ३ स्थित तल्लो बाघखोर बजारमा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखाको सहजीकरणमा सञ्चालित सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरुले सडक, स्वास्थ्य, शिक्षा,खानेपानी ,सेवा प्रवाह लगायतका सन्दर्भमा प्रश्नहरु उठाएका छन् ।
प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष रिमाल बाबू श्रेष्ठले उठेका प्रश्नहरुको समस्या समाधानको निम्ति पहल गर्ने र केही समस्या भए आफुहरुलाइ सम्झनको लागि आग्रह गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथी शैलुङ गाउँपालिका अध्यक्ष रिमाल बाबू श्रेष्ठले गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिव न्यौपानेले आर्थिक वर्ष २०८०/८१ को प्रतिवदन प्रस्तुत गरेका थिए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!