राजकुमार भुजेल,दोलखा।
शैलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। पालिकाको आयोजनामा गाउँपालिका स्थित काटाकुटीमा शुक्रबारदेखि सो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना माननीय मन्त्री कुन्दनराज काफ्लेले गरेका थिए। प्रतियोगिता यहि १२ गते सम्म सञ्चालन हुने पालिकाले जनाएको छ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा विभिन्न राजनैतिक दलका नेता, बुद्धिजीवी, शिक्षक , अभिभावक , विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!