दोलखा।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले समग्र दोलखाको वृद्धि र विकासलाई प्राथमिकता राखेको बताए छन् ।मङ्गलबार सदरमुकाम चरिकोटमा उधोग वाणिज्य संघ दोलखाले आयोजना गरेको तेस्रो बृहत दोलखा महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले संघको कोशेली घर र निर्माणधिन भिमेश्वर रङ्गशाला निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताएका हुन्।
अर्थमन्त्री कुन्दनराज काफ्लेलेको गृह जिल्ला समेत रहेको दोलखालाई सकारात्मक पक्षबाट हेर्ने बताए। मुख्यमन्त्री लामाले गतवर्ष भिमेश्वर रङ्गशालामा निमार्णका लागि आफुले ५० लाख छुट्याएको तर सम्बोधन हुन नसकेको दुख व्यक्त गर्दै अब आउने वर्ष जुनसुकै ढंगबाट पनि बजेट विनियोजन गर्ने आश्वासन दिए।
जिल्ला भित्र भएका सबै योजना छनौट गरि मुख्य योजनालाई पहिलो प्राथमिकतामा राखेर अघि बढे जिल्लाको वृद्धि तथा विकासमा टेवा पुग्ने समेत जिकिर गरे।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!