आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसंविधान संशोधनको प्रक्रिया अघि बढेको छैन : मन्त्री चौधरी

संविधान संशोधनको प्रक्रिया अघि बढेको छैन : मन्त्री चौधरी

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले संविधान संशोधनको प्रक्रिया हालसम्म अघि नबढेको बताएका छन्। मङ्गलबार चरिकोटमा नेपाल प्रेस युनियन दोलखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले संविधान संशोधनको कुरा बाहिरी हल्ला मात्रै भएको बताएका हुन् । 

दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारमा संविधान संशोधनको बिषयमा छलफल भइरहे पनि यसको औपचारिक प्रक्रिया भने अघि बढि नसकेको उनले बताए । संविधान संसोधनको नाममा जनतामाथि घात हुने कार्य वर्तमान सरकारबाट नहुने विश्वास दिलाउँदै मन्त्री चौधरीले संविधान संशोधनको विषयमा सरकारले समानुपातिक, समावेशी र जनतालाई सुख दिने कुरामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरे।

मङ्गलबार स्वर्गीय भीमबहादुर स्मृति दोलखा नेविसंघ कप २०८१ को उद्घाटनका लागि मन्त्री चौधरी दोलखा आएका थिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment