दोलखा — प्रतिनिधि सभा सदस्य गंगा कार्कीले लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत तामाकोशी नदीमाथिको जिर्ण फलामे पुलको विषयमा चौथो पटक संसदमा आवाज उठाएका छन्।
निरन्तररूपमा यो पुलको विषय संसदमा उठाउँदै आएका सांसद कार्कीले २७ साउन २०८२, मंगलबारको शून्य समयमा सरकारको बेवास्ताप्रति कडा प्रश्न उठाएका हुन्। उनले सो पुलको अवस्था अत्यन्तै जीर्ण भएको र जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै सरकारले समयमै गम्भीरता नदेखाएकोप्रति आक्रोश व्यक्त गरे।
“ यात्रुहरू दिनहुँ जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्,” उनले भने, “तर सरकारको ध्यान कहिल्यै यो तर्फ पुगेको देखिन्न।”
स्थानीय बासिन्दा, विद्यार्थी, र यात्रुहरू लामो समयदेखि उक्त पुलको मर्मत र पुनर्निर्माणको माग गर्दै आएका छन्। कार्कीले तत्काल समस्या समाधान नगरे दुर्घटनापछि पछुताउनु पर्ने चेतावनी समेत दिए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!