आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसडक स्तरोन्नतिको अनुगमन 

सडक स्तरोन्नतिको अनुगमन 

by herdaherdaimedia
0 comments 3 views

दोलखा। भीमेश्वर नगरपालिकाको पाटीखोला- उखुबारी – काउले- सैलुङ सडक (काउले खण्ड) स्तरोन्नतिको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं ७ स्थित पाटीखोला- उखुबारी – काउले- सैलुङ सडक खण्ड अन्तर्गत‌ काउले खण्ड अन्तर्गतको निर्माण कार्य अनुगमन गरिएको हो।

नेपाल सहरी शासकीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १४ लाख ५७ हजार ४ सय बयासी रुपैयाँ बिनियोजन गरेको थियो। उक्त रकम बाट निर्माण गरिएको सोलिङ,वाल जाली को निर्माण कार्य सम्पन पश्चात् भिमेश्वर नगरपालिकाको प्राविधिक टोली सहितले अनुगमन गरेको उपभोक्ता समितिका अध्यक्ष गोकुल खड्काले जानकारी दिए।‌

उनका अनुसार अनुगमनमा भिमेश्वर नगरपालिकामा नगर प्रमुख इश्वर नारायण मानन्धर, प्रवक्ता तारानाथ चौलागाईं, भिमेश्वर नगरपालिकाका प्राविधि, उपभोक्ता समितिका पदाधिकारीहरु,स्थानीय लगाएतको उपस्थिती रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment