आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

सत्ता समीकरण फेरिने हल्ला मात्र हो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि...

Home समाचारसत्ता समीकरण फेरिने हल्ला मात्र हो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन : गृहमन्त्री लामिछाने

सत्ता समीकरण फेरिने हल्ला मात्र हो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन : गृहमन्त्री लामिछाने

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताउनुभएको छ ।सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन् । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन् । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन् ।’

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment