आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसदाको लागि अस्तायो एउटा चम्किलो तारा

सदाको लागि अस्तायो एउटा चम्किलो तारा

by herdaherdaimedia
0 comments 4 views

सुदिप कुमार कार्की-

नेपाली गितसङ्गितकाे क्षेत्रमा 

फर्कदै गरेको एउटा फुलको 

काेपिला फुल्न नपाउदैँ झर्‍यो ।

उज्यालोको लागि बालेको 

बत्तीको दियो साँझमा नै निभ्यो।।

राष्ट्रकाे गहना कलाकार बिरामी 

पर्दा राज्य बेखबर भयो ।

लामो समयसम्म उसले परिवार सँग 

सङ्घर्ष गर्यो।

समाज सँग सङ्घर्ष गर्यो

राेगसँग सङ्घर्ष गर्यो

भाेक सँग सङ्घर्ष गर्यो ।।

अन्त्यमा केही लागेन 

उसको शारीरिक अङ्गहरूले 

काम गर्न छाडे ।

सदाको लागि उ

यस धर्ती बाट बिदा भयो 

नेपाली कलाकाे क्षेत्रमा

उदाउँदै गरेको चम्किलो तारा

सदाको लागि अस्तायाे ।।

मृत्तक बालगायक “सचिन परियार “प्रति समर्पित कविता 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment