काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।
सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीलाई छलफलका लागि डाकेका हुन् । एमाले र कांग्रेसबीच पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। दोस्रो कार्यकाल कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार गठन हुनेछ।
समझदारी पत्रलाई आज अन्तिमरूप दिएर दुवै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने तयारी छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!