आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसम्पत्ति विवरण बुझाउन नेताहरूलाई प्रचण्डको आग्रह

सम्पत्ति विवरण बुझाउन नेताहरूलाई प्रचण्डको आग्रह

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ ।आजदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

सम्पत्ति विवरण बुझाउन नेताहरूलाई फागुन १ गतेसम्मको समयसीमा पनि दिइएको छ । आगामी निर्वाचनमा माओवादीले कुनै दलसंग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र एजेण्डामा एक्लै चुनाव लड्ने पनि प्रतिवेदनमा उल्लेख छ ।नेताहरूको जीवनशैली बदलिएकोप्रति आम नागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । माओवादीमा १० वर्षे सशस्त्र र २०६४ को संविधान सभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे ।

त्यसपछि माओवादीमा नेताहरूको जीवनशैली बदलिएको जनताले प्रश्न उठाउन थालेपछि प्रचण्डले नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनेका हुन ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment