काठमाडौं, २७ साउन — नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको प्रभावकारी कामको कारण माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अघिल्ला आरोपहरू स्वतः खारेज भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रचण्डले विगतमा संसदमा दिएको बंगलादेश र श्रीलंकाको उदाहरण अहिले अप्रासंगिक भएको बताए। “सरकारले बोलेको होइन, गरेर देखाएको छ,” बर्तौलाले भने, “त्यसैले आज प्रतिपक्षी मौन छन्।”
उनका अनुसार पछिल्लो एक वर्षमा ओली नेतृत्वको सरकारले २३ वटा विधेयक पारित गर्दै कानुन निर्माणमा उल्लेखनीय प्रगति गरेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!