आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड भएको हो।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। बाँकी ९ लाख ३ हजार ४३८ सदर आवेदकको हात खाली भएको छ ।

यसरी बाँडफाँड गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँड गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्। कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment