सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएपछि उनका फ्यान चिन्तित

काठमाडौं ।

बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएपछि उनका फ्यान निकै चिन्तित छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पनि आफ्नो सुरक्षाको पूर्ण ख्याल गर्दै विदेशबाट नयाँ बुलेटप्रुफ गाडी मगाएका छन् भने रियालिटी टीभी शो बिग बोस-१८ को सेटमा सुरक्षा थप गरिएको छ ।

यसैबीच सलमान खानले आफ्नो आगामी फिल्म ‘सिकन्दर’को सुटिङ रोकेको खबर पनि सार्वजनिक भएको छ ।आफ्नो कामप्रति निकै गम्भीर र प्रतिबद्ध सलमान खानलाई बिश्नोई गिरोहले बारम्बार धम्की दिइरहेको छ। तर बाबा सिद्दिकीको हत्यापछि यो विषय निकै गम्भीर बनेको छ ।

यसअघि सलमानको घरबाहिर गोली पनि चलेको थियो, त्यसपछि उनको परिवार निकै चिन्तित छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता