आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारसशस्त्र प्रहरीमा भर्ना खुल्यो, जवानदेखि भान्सेसम्म माग

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, जवानदेखि भान्सेसम्म माग

by herdaherdaimedia
0 comments 24 views

काठमाडौं। सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो। 

सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी जवानमा ८७६ जनाको लागि दरखास्त आह्वान गरिएकाे छ।

त्यसैगरि भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरि आठसय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्नेछन्। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment