आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerसांसद रिजालको चेतावनी: अस्वाभाविक प्रावधान स्वीकार्य हुँदैन

सांसद रिजालको चेतावनी: अस्वाभाविक प्रावधान स्वीकार्य हुँदैन

by herdaherdaimedia
0 comments 13 views

काठमाडौं, ३ भदौं – नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संसदमा प्रस्तुत एक विधेयकप्रति आपत्ति जनाउँदै केही प्रावधान अस्वाभाविक र नागरिकको मौलिक हकमा कुण्ठित हुने खालका रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद रिजालले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी व्यवस्था आवश्यक भए पनि विधेयकका कतिपय व्यवस्था अस्वीकार्य रहेको टिप्पणी गरे।

उनले भने, ‘विधेयक आवश्यक छ, तर यसमा अस्वाभाविक र आपत्तिजनक प्रावधान छन्। यस्तो प्रावधान कुनै हालतमा स्वीकार्य हुँदैन।’

रिजालले अभिव्यक्ति स्वतन्त्रता र निजी गोपनीयता लोकतान्त्रिक मुलुकको आधारभूत मूल्य भएको उल्लेख गर्दै त्यसमा हस्तक्षेप हुने गरी कानुन नबनाउन सरकारलाई चेतावनी दिए।

छलफलमा सहभागी अन्य सांसदहरूले पनि सामाजिक सञ्जाल नियमन गर्नुपर्नेमा सहमति जनाउँदै विधेयकको केही दफा पुनरावलोकन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूका अनुसार अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि अतिक्रमण हुने आशंका विधेयकमा देखिन्छ।

सरकारले प्रस्तुत गरेको विधेयक अहिले संसदीय प्रक्रियामा छलफलको चरणमा रहेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment