सांसद रिजालको सक्रिय पहलमा दोलखाको खरिढुङ्गा पहिरो न्यूनीकरण कार्य सुरु

दोलखा, २८ साउन — दोलखाको मुडे–चारिकोट सडकखण्डको खरिढुङ्गा क्षेत्रमा गएको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा जोखिमपूर्ण बनेपछि राष्ट्रिय सभाका सांसद तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य घनश्याम रिजालको सक्रियतामा पहिरो न्यूनीकरण कार्य सुरु गरिएको छ।

सांसद रिजालले बुधबार पहिरोको स्थलगत निरीक्षण गर्दै तत्कालै आयोजनाका प्रोजेक्ट म्यानेजर इश्वर कार्कीलाई सम्पर्क गरी पहिरो न्यूनीकरणको आवश्यकताबारे गम्भीर चासो व्यक्त गरेका थिए। उनले जोखिम न्यूनीकरणका लागि तत्काल कदम चाल्न निर्देशन पनि दिएका थिए।

उनको निर्देशनपछि बिहीबारदेखि सडक आयोजनाले प्राविधिक टोली परिचालन गरी पहिरो न्यूनीकरणको काम सुरु गरेको छ। जोखिम न्यूनीकरणमा आवश्यक उपकरण तथा जनशक्ति परिचालन भइसकेको आयोजानाले जनाएको छ।

स्थानीयवासी तथा यात्रुहरूले सडक खुलाउने कार्यमा देखाइएको तत्परताको स्वागत गरेका छन्। जनप्रतिनिधिको सक्रिय सहभागिताले समस्याको तुरुन्त समाधान सम्भव हुने स्पष्ट उदाहरण यो घटना बनेको स्थानीयहरू बताउँछन्।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता