राजकुमार भुजेल।
दोलखा, ५ असोज। दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार गरिएको छ। शनिबार दिउँसो सातदोबाटोमा फेला परेको एउटा मृग डिभिजन वन कार्यालय दोलखा र प्रहरीको सहयोगमा उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको हो।
सातदोबाटो बजारमा मृग देखेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए। उद्धारका क्रममा डिभिजन बन कार्यलय दोलखाका रेन्जर गुप्त बस्नेतले वन्यजन्तु तथा प्रकृति संरक्षणमा कैयौँ वर्षदेखि दोलखाले गरेका काम र प्राप्त उपलब्धिलाई ‘सफल अभ्यास’का रूपमा हेरिएको बताए। उनले भने – “वन्यजन्तु संरक्षण भनेको मानिसहरूले दु:ख पाउनुपर्छ भन्ने होइन र मानव केन्द्रित मत राख्दा वन्यजन्तु जोगिन हुँदैन भन्नेगरी सोच्नु पनि हुँदैन। यसका लागि मझधारको दृष्टिकोण आवश्यक रहेको छ।”
वनको टोलीले उद्धार गरी सुरक्षित बासस्थानमा छोडेको सामाजिक अभियानता एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दोलखा कोषाध्यक्ष राजन बस्नेतले बताए। उनको अनुसार मृगलाई भिमेश्वर नगरपालिका – ५ स्थित च्यासे भगवती सामुदायीक वनमा लगेर छोडिएको हो । सामाजिक अभियन्ता बस्नेत भन्छन – “वन्यजन्तु संरक्षणसम्बन्धी सरकारका नीति निर्माणदेखि कार्यान्वयनसम्म अझ बढ्ता मानव केन्द्रित पक्षहरू समेट्नुपर्ने आवश्यकता दिनदिनै बढिरहेको छ। तर एकको विकल्प अर्को भन्ने ढङ्गले यसलाई हेर्नु सबैभन्दा दुर्भाग्यपूर्ण हुन्छ।”
त्यस्तै यस अघि पनि सामाजिक अभियानता बस्नेतले भिमेश्वर ७ साखिने स्थित लोपओन्मुख प्रजातिको बिरामी स्थितिमा रहेको निर बिरालो लगायतको उद्दार गरी डिभिजन वन कार्यलय दोलखालाई जिम्मा लगाइएको जानकारी दिए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!