साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं ।

साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

 चन्द्रागिरी हिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, एनआरएनको २४ करोड ११ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ७८ लाख, नेपाल फाइनान्सको २३ करोड ५१ लाख, गुडवील फाइनान्सको २३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता