साताको पहिलो दिन नेप्सेमा पहिरो, नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंक विन्दुमा

काठमाडौं । नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंक विन्दुमा आइपुगेको छ ।आज २ करोड ६२ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।त्यसैगरि, सुपर माई हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

हिमालयन पावरको ९.८७%, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ८.७३%, सानिमा लार्ज क्याप फण्डको ८.४४%, सनराइज ब्लु चिप फण्डको ६.७८%, एनआईबीएल स्टेबल फण्डको ६.७७%, समलिङ पावरको ५.८९%, सानिमा ग्रोथ फण्डको ५.८४%, एनआईबीएल ग्रोथ फण्डको ५.३१%, उप्पर हेवे खोलाको ५.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता