आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसाताको पहिलो दिन सेयर बजारमा ५० अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा ५० अंकको गिरावट

by herdaherdaimedia
0 comments 4 views

 काठमाडौं। 

सेयर बजार कारोबार हुने साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ । गत हप्ताको अन्तिम कारोबार दिनमा हरियाली छाएको बजार आज फेरि राताम्य भएको हो ।

आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५० दशमलव ७३ अंकले घटेको हो । यो अघिल्लो कारोबार दिनको भन्दा १.८८ प्रतिशतले कम हो । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६३७ दशमलव ७९ विन्दुमा पुगेको छ ।आज सेयर बजारमा २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८१ अंकले घटेर ४६८ दशमलव ६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचक मध्ये १३ वटैको सेयर मूल्यमा गिरावट आएको छ ।परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ८ अर्ब भन्दा बढीको कारोबार भएको बजमार आज १० अर्ब भन्दा बढीको कारोबार भएको छ ।आज सेयर बजारमा ३२४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १ लाख १९ हजार ७३९ पटक खरिदी बिक्री भएका छन् । जसबाट सेयर बजारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।

आइतबारको कारोबार बन्द हुँदा सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment