साताको सेयरः साढे ८ प्रतिशत बढ्यो नेप्से

काठमाडौं । साउन महिनाको अन्तिम साता नेप्से परिसूचक साढे ८ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७६६ दशमलव ३८ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ८.४७ प्रतिशतले बढेर बन्द भएको हो ।

यो साता सेयर बजारमा परिसूचक २३४ दशमलव ४३ अंक बढेर ३००० दशमलव ८१ विन्दुमा पुगेको छ । साताको पाँच कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन सामान्य करेक्सन देखिएको थियो ।

यो साता मंगलबार नेप्से परिसूचक सामान्य अंक करेक्सन भएर बन्द भएको थियो भने बाँकी दिन उच्च अंकले बढेको थियो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता