सामुदायिक मेलमिलापकर्ता समाज दोलखाको अध्यक्षमा महत

दोलखा। सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको अध्यक्षमा तारा बहादुर महत चयन भएका छन्। सोमबार जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको सामुदायिक मेलमिलापकर्ताहरु बिच सिकाई एवम् अनुभव आदानप्रदान कार्यक्रम र  तेस्रो जिल्ला अधिबेसनबाट महतको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्षमा अनिता श्रेष्ठ , सचिवमा चुडा बहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सह – सचिवमा जय प्रसाद शिवाकोटी, कोषाध्यक्षमा रामशरण ओलि र सदस्यहरुमा क्रमशः रामभक्त दहाल , राम कुमार जोशी, दुर्गा गुरुङ र बिमला ठकुरी चयन भएका छन्।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाका कार्यवाहक अध्यक्ष तारा बहादुर महतको अध्यक्षतामा सम्पन्न तेर्सो अधिबेशनको उद्घाटन भिमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतले गरेका थिए। कार्यक्रममा भिमेश्वर नगरपालिका २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाई लगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए।

 

 

 

 

 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता