दोलखा, सिंगटी – सिंगटी उद्योग वाणिज्य संघको चौथो साधारण सभा तथा अधिवेशनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।
शनिबार सिंगटीस्थित चिनारी होटेलको सभाहलमा सम्पन्न अधिवेशनमा विगु गाउँपालिका अध्यक्ष सन्जिब ओली प्रमुख अतिथिका रूपमा सहभागी थिए। अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित कार्यसमिति यसप्रकार रहेको छ:
अध्यक्ष: उमेश श्रेष्ठ
उपाध्यक्ष: युग बहादुर बस्नेत
महिला उपाध्यक्ष: अम्बिका श्रेष्ठ
सचिव: चन्द्र श्रेष्ठ
कोषाध्यक्ष: केदार बहादुर खत्री
सदस्यहरू: फुर्वा शेर्पा, पुनम केसी, जिवराज दियाली (दलित प्रतिनिधि), रिम बहादुर ओली, जगनाग गिरि, रमेश गिरि
कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, कालिन्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी , स्थानीय जनप्रतिनिधिहरू, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।
अधिवेशनले सिंगटी क्षेत्रको उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!