दोलखा। जिल्लाको विगु गाउँपालिका सिङ्गटी दोभानमा हामफालेर एक वृद्ध बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही गाउँपालिका – ५ का अन्दाजी ७४ वर्षिय गोम्बे नारायण नेवार रहेका छन्।
शुक्रबार साँझ करिब साढे ५ बजे पालिकाको वडा नम्बर ४ स्थित सिङ्गटी दोभान भन्ने ठाँउबाट नेवार हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ। स्थानियले दोभानबाट नेवारले हामफालेको खबर दिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। उक्त स्थानमा पुगेपछि प्रहरीले भिजेको अवस्थामा लालपुर्जा फेला पारेको थियो।
अहिले नेवारको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!