सिन्धुपाल्चोक। अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–४ मा जिप दुर्घटना भएको छ ।
हिन्दी भन्ने ठाउँबाट तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा.२१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट २० मिटर तल भोटेकोशीमा खसेको हो
बोलेरोमा सवार सहचालक २५ वर्षीय राम प्रवेश महतो र चालक कुसवाह बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।