आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु भएका तिनै जनाको सनाखत

सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु भएका तिनै जनाको सनाखत

by herdaherdaimedia
0 comments 4 views

राजकुमार भुजेल,दोलखा।‌दोलखाको भीमेश्वर-१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी-५ स्थित तौथलीनजिकै दुर्घटना हुँदा मृत्यु भएका तिनै जनाको सनाखत भएको छ।

शुक्रबार बिहान करीब साडे सात बजे दुर्घटनामा परि ३ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा भीमेश्वर १ सुस्पाका दिपेन्द्र थामी,मानबहादुर थामी ,शिव श्रेष्ठ रहेका छन् 

दुर्घटनामा बेहुला सहित ५२ जना घाइते भएको घाइतेहरुले बताएका छन्। घाइते भएका ५२ जना मध्ये ७ जना बढीको अवस्था गम्भीर रहेको छ ।

अहिले सदाबहार अस्पताल खाडीचौरमा २७ जना घाईतेको उपचार हुदै गरेको र जटिल बिरामी पहिचान गरी काठमाडौं पठाउने तयारी भएको भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरले जानाकारी दिए।

बस सडकबाट करिब सय मिटर तल खसेको थियो।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment