सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुदाँ ३ जानाको मृत्यु, ११ जना घाइते 

सिन्धुली । सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मस्र्याङ्गी मगर र ३५ वर्षीय पवन मस्र्याङ्गी रहेका छन्।

गोलञ्जोरबाट सिन्धुली तर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा परि ११ जना घाइते भएको पाइएको छ।

उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता