काठमाडौं। कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
नागरिकता कीर्ते आरोपमा अनुसन्धानका लागि मंगलबार आफ्नै कार्यकक्षमाबाट पक्राउ परेका सिरोहिया अदालतले आज तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न माग गरेको भएपनि जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
सिरोहियालाई आफ्नै कार्यकक्षबाट पक्राउ गरेपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता लगायतले उनको रिहाईका लागि चर्को नाराबाजी सहित आलोचना गरिरहेका छन्। मंगलबार जिल्ला अदालत धनुषालेनै सिरोहियालाई पक्राउ गर्न अनुमति (पक्राउ पुर्जी) दिएको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!