छेण्डु,१६फागुन ।
नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपप्रधानमन्त्री एवंम परराष्ट्रमन्त्री सुजाता काेइरालाकाे भ्रममा रहेकाे प्रतिनिधि मण्डललाई चिनकाे सिचुवान प्रान्तीय सरकारले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिने घाेषणा गरेकाे छ । काेइरालाकाे मागपछि चीनकाे प्रान्तीय सरकारले तीन बर्ष भित्रै नेपाली बिद्यार्थीलाई ६० वटा स्कलरसिप दिने सिचुवान प्रान्तले बिहिवार निर्णय गरेकाे नेपाल मामिला प्रमुख सरलाले बताएकी छन् ।
यस छात्रवृत्तिले नेपाली विद्यार्थी लाभान्वित हुनेे भ्रमणमा सहभागी दाेलखाका कांग्रेस सभापति बर्मा लामाले बताए । कांग्रेस प्रतिनिधि मण्डललाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालकाे राजनीति दललाई हेर्ने दृष्टिकोण एउटै भएकाे र कांग्रेसलाई फरक र कम्युनिस्टलाई फरक व्यवहार नगरेकाे बताए । उनिहरूले नेपाल र चीनसँगकाे छिमेकी सम्बन्ध अत्यन्तै समधुर रहेकाे र रहने पनि बताए ।
भ्रमणमा काेइराला सहित २० जना सहभागी छन्
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!