सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुल्यो

रौतहट, भदौं ८  — रौतहटको गौर–सिरसिया सडकखण्डस्थित मुडवलवा गेट नजिक शनिबार राति सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतक ३० वर्षीया रुबी देवी साह हुन्, जो माधव नारायण नगरपालिका–६, माधोपुर निवासी हुन्। उनी हाल गौर नगरपालिका–२ महादेव पट्टीमा डेरा गरी बस्दै आएकी थिइन्।

शुक्रबार साँझ ‘ब्युटी पार्लर जान्छु’ भन्दै घरबाट निस्किएकी साहसँग परिवारको सम्पर्क हुन नसकेको र सोही राति करिब १० बजे डोरीले बाँधिएको सुटकेस सडक छेउमा फेला परेको थियो।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सुटकेस खोलेर हेर्दा भित्र शव रहेको पुष्टि भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, हत्या गरेर शव सुटकेसमा राखिएको आशंका गरिएको छ।

प्रहरीले घटनास्थल आसपासका CCTV फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

Related posts

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट