सुन्दर खड्काको नयाँ गीति भिडियो ‘कालिन्चोकका डाँफे मुनाल’ सार्वजनिक

अबिरल बस्नेत `सुरज ´

काठमाडौं : सुन्दर खड्काको नयाँ गीति भिडियो “कालिन्चोकका डाँफे मुनाल” हालै सार्वजनिक भएको छ। गीतमा गायिका अस्मिता अधिकारी र गायक नरहरी प्रेमीको आवाज रहेको छ ।गीतले दोलखाका विभिन्न पर्यटकीय स्थलहरूको चर्चा गरेको छ । गीतले दोलखा जिल्लाका ओझेलमा परेका पर्यटकीय स्थानहरू भोर्ले झरना, शैलुङको सय थुम्का मिनिग्रेटवाल, गोल्मास्थान, दोलखाका शितलबस्ती,सुन्द्रावती झरना ,चौघरा दरबार लगायतका महत्त्वपूर्ण ठाउँको महत्त्वलाई उजागर गर्छ।

भिडियोको छायांकन दोलखाका विभिन्न स्थानहरूमा गरिएको छ । यो गीतले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको पाइन्छ । गीतको निर्देशन अर्पण तामाङले गरेका छन् भने मोडलिङमा सन्जिब ठकुरी र बबिता गुरुङले काम गरेका छन्।
राजधानीको हार्दिक होटेलको हलमा भएको भिडियो सार्वजनिक समारोहमा दोलखा जिल्लाका प्रमुख व्यक्तिहरूको उपस्थिती रहेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता