राजकुमार भुजेल, दोलखा। भिमेश्वर नगरपालिका ७ स्थित काउलेमा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालयले २५ औँ स्थापना दिवस तथा २० औँ अभिभावक दिवस मनाएको छ। बिहिबार विविध कार्यक्रम गर्दै विद्यालयले भव्यताका साथ उक्त दिवस मनाएको हो।
वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलापका साथै एसईइ परीक्षामा उच्च अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
यसै समारोहकाबीच विद्यालयले उखुबारी समाज सेवा समितिका अध्यक्ष तथा समाजसेवी श्रीकृष्ण बस्नेलाई सम्मान गरेको थियो । सम्मानका क्रममा बस्नेतले गत वर्ष माध्यमिक शिक्षा एसईईमा उत्कृष्ट अङ्क ल्याउने ३ जना विद्यार्थीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ दिने घोषणा गरे। सोही क्रममा समाजसेवी विमल खड्काले यस विद्यालयमा ९ बाट १० कक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने सुस्मा श्रेष्ठ , निरकुमारी कार्की र असिम नेपाल क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरेका थिए । विद्यालयले आफ्ना उत्कृष्ट शिक्षकलाई समेत दोसल्ला ओडाएर सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा
भिम माया श्रेष्ठ, दिनेश श्रेष्ठ, लक्षण पाख्रीन, केदार चौलागाइँ, इश्वर पौडेल, मधुकर थापा, सुजता ढुङ्गेल , लोकेन्द्र पाख्रीन, सन्जिता खड्का, लाडोल्मा पाख्रीन, नविना खड्का, मनोज खड्का रहेका छन् । त्यसैगरी विद्यालयले एकै घरबाट ३ सन्तान विद्यालयमा पढाउने अभिभावकलाई समेत सम्मानित गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोकुल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धर, वन डिभिजन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपाने, भिमेश्वर नगरपालिकाका प्रसासनिक अधिकृत माधव सुवेदी, जनकल्याण बचत तथा ऋण सहकारीका प्रबन्धक दिपक बस्नेत, भिमेश्वर ७ का वडा सदस्य तथा कार्यभार अध्यक्ष रघुनाथ कार्की,पुर्व वडा सदस्य हरिकृष्ण बस्नेत, विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष राजन खड्का लगाएतले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा समाजसेवी शैलेश केसी, सामाजिक अभियन्ता राजन बस्नेत, रमेश बुढाथोकी, अभिभावक, शिक्षक लगाएतको उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!