दोलखा। भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले सोक्ला शिक्षा सदन भवनको शिलान्यास गरेकी छिन्। मंगलबार बिहान उपमेयर बस्नेत र वडा अध्यक्ष स्टालिन श्रेष्ठले उक्त भवनको संयुक्तरुपमा शिलान्यास गरिएको हो।
सो अवसरमा उपमेयर बस्नेतले सोक्ला भ्यालीको शैक्षिक गुणस्तर र वृद्धिका लागि नयाँ भवनको शिलान्यासले विशेष अर्थ राख्ने बताइन् । सोक्ला, खेलाप, डाँडा गाउँ, नेगल फुलपा र चक्पा क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रबाट बालशिक्षा सञ्चालन गर्न सक्ने सहयोग गर्ने उनको भनाई थियो । ‘भर्खर नयाँ भवनको संरचना बन्दै छ । अझ व्यवस्थित र गुणस्तरिय शिक्षाका लागि स्थानीयले विशेष सहयोग र साथ दिनुपर्छ,’ उप मेयर बस्नेतले भन्नु भयो,‘हामी आगामी आर्थीक वर्षमा थप बजेट व्यवस्थापन गर्छौ ।’
यस्तै चक्पा सोक्ला खेलापको सडक, डाँडा गाउँ सोक्ला सडकको स्तर उन्नतिको लागि विशेष जोड दिने उहाँको भनाई थियो । सोक्ला भ्यालीमा सिचांइको दिर्घकालिन व्यवस्थापनको लागि आफू गम्भीर भएको उपमेयर बस्नेतले बताइन्।शिलान्यास कार्यक्रममा भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेठ, वडा सदस्य सविना विक, जग्गा दाता तथा पुर्व वडा सदस्य निरबहादुर तामाङ, राजकुलेश्वर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान, फुलपा आधारभुत विद्यायलका प्रअ हरि श्रेष्ठ, शिक्षक कुशकुमार खत्री लगाएतको सहभागीता रहेको थियो । सो भवनको लागि चालुआवमा वडाले तीन लाख बजेट विनियोजन गरिएको थियो । शिलान्यास कार्यक्रमका लागि लामा गुरु मानध्वज लामाले पूजापाठ गरेका थिए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!